टोकियो
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसारा’ जापानको टोकियोमा यहि सेप्टम्बर १६ मा विशेष प्रर्दशन हुने भएको छ ।
जापान प्रर्दशनको तयारी गरेको टोकियो ड्रिम्स ईन्टरटेन्मेन्टले दिएको जानकारी अनुसार जापानको टोकियो स्थित हुमेक्स सिनेमा हल ईकेबुकुरोमा सांझ ५ बजेदेखि प्रर्दशन हुने फिल्मको प्रर्दशका लागि सबै तयारी पुरा भएको बताए । सिनेमा हलमा प्रर्दशन हुने ‘मनसारा’ का लागि ३ हजार र वच्चाहरुका लागि १ हजार ऐन तोकिएको छ ।
एकल महिला र निसन्तान पुरुषबिचको प्रेम सम्बन्धको कथालाई फिल्ममा सरल तरिकाले प्रस्तुत गरिएको छ । अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय छ । गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीकको विशेष भूमिकामा छन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको फिल्म निर्देशक सुब्बाको यो दोस्रो फिल्म हो ।
यस अगाडि ‘जारी’ निर्देशन गरेका सुब्बाको यो फिल्म ‘मनसरा’ पनि जापानका दर्शकहरुले रुचाउने अपेक्षा गरिएको छ ।