चिबा/जापान: जापानमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो महान चाड दशैं तथा तिहारलाई विशेष रूपमा मनाउन लागेको छ। ‘दौतरी जापान’ले आयोजना गरेको सांगीतिक कार्यक्रमले नारितालाई उज्यालो बनाउने भएको छ।

आउँदो असोज २० गते, आइतबार (अक्टोबर ६) मा आयोजना हुने यस कार्यक्रममा नेपाली कला क्षेत्रका चर्चित हस्तीहरूको प्रस्तुति रहनेछ। गायक तथा संगीतकार टम्पशेर राई, प्रथम गुरुङ, बिपन गुरुङ, सुरेश रावल र एजिन राईजस्ता कलाकारहरूले आफ्ना प्रस्तुतिमार्फत कार्यक्रमलाई झनै रमाइलो बनाउनेछन्।

शैक्षिक तथा रोजगारीको सिलसिलामा जापानमा आएका नेपालीहरूले यस कार्यक्रममार्फत एकअर्कासँग शुभकामना आदानप्रदान गर्ने अवसर पाउनेछन्। साथै, नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न पनि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दौतरी जापानले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित हुन हार्दिक आह्वान गरेको छ।कार्यक्रम स्थानीय समय अनुसार अपह्रान्ह ४ः०० बजेदेखि सुरु हुने समेत आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय