टोकियो, जापान। नेपाल पत्रकार महासंघ जापान शाखाको चौथो साधारण सभा तथा ‘प्रवास पत्रकारिता-३’ नामक स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।

आइतबार टोकियोमा आयोजित यस कार्यक्रममा जापानमा क्रियाशील पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय केन्द्रीय अध्यक्ष निर्माला शर्मा र केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यको  भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए।

सभामा संस्थाको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, ‘प्रवास पत्रकारिता-३’ नामक स्मारिकाको पनि विमोचन गरिएको थियो। यो स्मारिकामा जापानमा बसोबास गर्ने नेपाली पत्रकारहरूले लेखेका विभिन्न विषयका लेखहरू समावेश गरिएका छन्।

कार्यक्रममा नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवासी नेपाली पत्रकारहरूको भूमिकालाई प्रशंसा गरेका थिए। उनले प्रवासी पत्रकारहरूले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय