अर्जुन लामिछाने/टोकियो

नेपाल पत्रकार महासंघ जापान शाखाको आसन्न छैठौ अधिवेशनको तयारी तिव्र पारिएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाको आईतावार सम्पन्न बैठकले अधिवेशन सञ्चालन, प्रमुख अतिथि, सहभागिता शुल्क तथा उमेदवारी शुल्क लगायतका विभिन्न निर्णय गरेको छ ।

नयाँ कार्यसमिति चयन गर्न जापानको टोकियोमा नोभेम्बर २३ तारिख आईतवार हुने अधिवेशनको तयारी तिव्र परेको महासंघ जापान शाखा अध्यक्ष शान्त कुमार पहारी जानकारी दिनुभयो ।

अधिवेशनबाट सर्व सम्मत कार्य समिति चयन गर्नका लागि आवश्यक पहल गर्न संस्थापक अध्यक्ष तिलक मल्ल संयोजक, निवर्तमान अध्यक्ष मोहन घले, अध्यक्ष शन्त पहरी र खगराज गौतमलाई जिम्मा दिने निर्णय गरेको छ ।

साथै बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि खगराज गौतम संयोजक तथा पूर्ण चलाउने र खड्क सिं गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय