टोकियो, जापान
नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम आइतबार टोकियोमा सम्पन्न गरेको छ।
टोकियोको शिन-ओकुबोस्थित सोलमारी मुरा हलमा आयोजित यो कार्यक्रम नेपाली पत्रकारहरूका लागि अत्यन्त उपयोगी भएको सहभागीहरूले बताएका छन्। कार्यक्रम दिउँसो १२:३० बजेबाट सुरु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिकी अध्यक्ष निर्मला शर्मा उपस्थित हुनुहुन्थ्यो। उहाँले प्रवासमा काम गर्ने पत्रकारहरूलाई तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले यस्ता प्रशिक्षण कार्यक्रम पत्रकारहरूको क्षमता बढाउन महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो।
जापान शाखाद्वारा आयोजित यस कार्यक्रममा जापानभरिबाट विभिन्न सञ्चारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।
यसैगरी, केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपाल पत्रकार महासंघ जापान शाखाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित समितिलाई आजै पद तथा गोपनीयताको शपथ पनि गराउनुभएको छ।

नवनिर्वाचित कमिटि





