नेपाली समाज जापानको छात्रबृति घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

हिजो योकोहामास्थित रुफटप बियर गार्डेन तथा नेपाली रेष्टुरेन्टमा एक औपचारिक कार्यक्रमका वीच गोलाप्रथाको माध्यमबाट छनौट गरिएको छात्रबृति नेपाल पाँचथर घर भइ एसिया इन्टरनेशनल ल्याङग्वाइज सेन्टर योकोहामामा अध्ययनरत रमिला तामाङले प्राप्त गरेकी छिन ।

जापानी भाषा अध्ययनरत नेपाली विधार्थीहरुको लागी लक्षित गरी गत फेव्रुवरी १० तारिख देखि अप्रिल १० तारिख वुधवारसम्म आह्वान गरेको छात्रबृतिको लागि छात्र १६ जना र छात्रा १९ जनाबाट गरी जम्मा ३५ जनाबाट आवेदन प्राप्त भएको र जसमा छात्र आवस्यक मापदण्ड नपुगेका ८ जना र ढिलागरी आवेदन फाराम प्राप्त गरेका ५ जना रहेको नेपाली समाज जापानका सचिव इन्द्रदिप आङदेम्बेले जानकारी दिनुभयो ।

नेपालबाट जापान आएर जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीहरुको मनोवल दह्रो बनाउन, आत्मा विश्वास बढाउन,आर्थिक सहयोग र उत्प्रेरणा जगाउने उदेश्यले छात्रवृति प्रदान गरिएको नेपाली समाज जापानका अध्यक्ष शिशिर निङलेकु लिम्बुले जानकारी दिनुभयो ।
जसपा को प्रवास समिति नेपाली समाज, जापान जापानमा अध्ययनरत नेपाली विधार्थीलाइ साथ् र सपोर्ट गर्ने उदेश्य रहेको हुँदा अर्को साल पनी छात्रवृति कार्यक्रम लाइ निरन्तरता दिने ईन्चार्ज संजिव राइ ले बताउनु भयो।

छात्रवृतिको भुक्तानी २०२४ मे २५ तारिखदेखि २०२४ जुन १० तारिख साँझ ५ बजे भित्रमा ३०,००० जापानी येन विद्यार्थीको खातामा डिपोजिट गरिनेछ ।
दोस्रो चरणको लागि छात्रवृति विजेता विद्यार्थीले २०२४ मे १ तारिखदेखि २०२४ अक्टोवर ३० तारिख सम्मको (गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा Attendance Records Certificate २०२४ नोभेम्बर १० तारिख साँझ ५ बजे भित्रमा नेपाली समाज जापानको इमेलमा पठाउनुपर्ने र (गाकुग्यो सेइसेकी, स्युसेकी ज्योउक्यो स्योउमेइस्यो) वा Attendance Records Certificate मा ८५ % भन्दा कम भएमा दोस्रो चरणको छात्रवृति वा बाँकी रकम ३०,००० जापानी येन दावी गर्न नसकिने समेत अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय