टोकियो, २८ डिसेम्बर २०२४: नेपाली भान्सा घर कोइवाले आगामी शनिबार, २८ डिसेम्बर २०२४ मा “न्यू इयर म्युजिकल नाइट २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा प्रसिद्ध गायकहरू अमर गुरुङ, रामशरण, एलबी तामाङ, रविना राई, गंगा योनजन, जनक थोकर,राज सुनुवार र साबिन बाबु मगरले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। साथै, कार्यक्रममा कुमार श्रेष्ठले हाँस्य प्रस्तुति र कार्यक्रम सञ्चालन गर्नेछन् भने डीजे रेक्सिमले आकर्षक डीजे सेटहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमको प्रवेश शुल्क २,००० येन रहेको छ, जसमा एक पेय पदार्थ र खाजा समावेश गरिएको छ।

कार्यक्रम नेपाल जापान इन्टरनेशनल आर्टिस्ट्सले प्रस्तुत गरेको हो।

कार्यक्रम हुने स्थान: नेपाली भान्सा घर कोइवा, मिनमिकोइवा, एडोगावा सिटी, टोकियो १३३-००५६

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय