टोकियो, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी २०२५-०२७ कार्यकालका लागि जापानबाट युवा व्यवसायी सुमन कार्कीले सदस्य पदमा उम्मेदवारी घोषणा गरी दर्ता गराएका छन्।
जापान र नेपाल दुवै मुलुकमा व्यवसायिक संलग्नता रहेका कार्की ट्राभल, शैक्षिक परामर्श केन्द्र, रेस्टुरेन्ट तथा नेपालको कृषि क्षेत्रमा लगानीकर्ताका रूपमा परिचित छन्। यसका साथै, उनले जापानमा विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
टोकियोको सिनओकुबोमा एल्मिरा ट्राभल र त्रिसरा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिरहेका कार्कीले नेपाल र जापानमा गरी २२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिएका छन्।
एनआरएनए आइसीसी सदस्यमा निर्वाचित हुनका लागि जापानको १२औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जुलाई २० तारिखमा हुने अधिवेशन र जुलाई २७ मा हुने निर्वाचन प्रक्रियाबाट चुनिनु पर्ने प्रावधान रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय