एनआरएनए जापानको आगामी कार्यकाल (सन् २०२५–२७) का लागि पूर्व महासचिव मुक्तिराम खनाल (बिनोद) ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि संघका विभिन्न जिम्मेवारी सम्हालिसकेका खनाल अहिले पुनः सक्रिय भूमिका निर्वाह गर्दै निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

खनाल सन् २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा सक्रिय रहँदै आएका छन् । सन् २००९ मा क्षेत्रीय सचिव, सन् २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, त्यसपछि सन २०११-१३ कार्यकालका लागि सचिव पदका उम्मेदवार र अन्ततः सन् २०१३–१५ कार्यकालमा महासचिव को जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

अनुभव र युवा पुस्ताबीचको सेतु बन्ने अठोटः
पछिल्ला केही वर्ष संघको प्रत्यक्ष अभियानबाट विश्राममा रहेका खनालले यस पटक पुनः एनआरएनए जापानलाई थप सकारात्मक उचाइमा पुर्याउने योजनासहित उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । खनालले आफूमा भएको अनुभवी पुस्ताको दृष्टिकोण र नयाँ पुस्ताको जोशबीच समन्वय गर्दै संघलाई सरल, सबल र परिष्कृत बनाउने अठोट व्यक्त गरेका छन् ।

खनालले एनआरएनएको मात्रै नभई, जापानस्थित विविध सामाजिक अभियानहरू र संस्थाहरूमा समेत सक्रिय र कुशल समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

खनाल, अघिल्लो ११ औँ अधिवेशनमा पनि सोहि उपाध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका थिए । यद्यपी लामो समयको अन्तर पश्चात एनआएएनएको प्रत्यक्ष अभियानमा जोडिन आएका खनालले निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न सकेका थिएनन् । उनले अघिल्लो पटकका कमिकमजोरीहरुलाई सुधार्दै पुनः सशक्त तयारीका साथ यस पटक सोहि पदमा उम्मेदवारी दिएको बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय