टोकियो, जापान: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएन)जापानले आगामी अक्टोबर १४ तारिक सोमबार टोयसु गुरुरी पार्क बार्बिक्यु प्लेसमा बार्बिक्यु सहितको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रममार्फत एनआरएन डे, विजया दशमी, दीपावली, नेपाल संवत् ११४५ र छठ पर्व मनाउँदै जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकै ठाउँमा भेला गराई आपसी भाइचारा र एकतालाई प्रगाढ बनाउने उद्देश्य रहेको अध्यक्ष नवीन निउरेले जानकारी दिनुभयो।
सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई रमाइलो गर्नुहुन पनि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको विवरण:
* मिति: २०२४ अक्टोबर १४, सोमबार
* स्थान: टोयसु गुरुरी पार्क बार्बिक्यु प्लेस, टोकियो
* समय: दिउँसो ४ बजेदेखि बेलुका ८:३० बजेसम्म
* ठेगाना: 〒135-0061 東京都江東区豊洲6丁目5-27