गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी बिहीबार (अक्टोबर ३१) मा एक विशेष कार्यक्रम आयोजना गर्दैछ।

‘जापानमा रहँदा जान्नै पर्ने कुराहरु’ शृङ्खला अन्तर्गतको आठौँ श्रृङ्खलामा यस पटक ‘प्रवासमा पर्व’ विषयमा केन्द्रित रहेर छलफल हुनेछ। यस कार्यक्रमको मुख्य उद्देश्य जापानमा बसोबास गर्ने नेपालीहरूले कसरी आफ्ना परम्परागत चाडपर्वहरू मनाउँछन् भन्नेबारेमा छलफल गर्नु हो। साथै, प्रवासमा बसेर पनि नेपाली संस्कृति र परम्पराहरूलाई कसरी जीवित राख्न सकिन्छ भन्ने विषयमा पनि चर्चा हुने अध्यक्ष नविन निउरेले जानकारी दिनुभयो ।

अध्यक्ष निउरेका अनुसार कार्यक्रममा हिजोको घरदेशको पर्व र आजको परदेशमा पर्व, परदेशमा रहेर पर्व मनाउने ट्रेनको पछिल्लो अवस्था, जापानबासी नेपालीले कसरी मनाउँदै आइरहेका छन् त नेपाली महान पर्वहरू, प्रवासमा रहेर पनि कसरी मौलिक ढंगले पर्व मनाउने परम्परालाई निरन्तरता दिन सकिएला, प्रवासको पर्व मनाउने शैलीले भावी पुस्तामा यसको मौलिकताले कसरी निरन्तरता पाउन सक्ला र कसरी मनाउनु पर्ला र प्रवासमा पर्व जस्ता विषयमा विस्तृत छलफल हुनेछ।

कार्यक्रममा एनआरएनए आइसीसीका युवा उपाध्यक्ष रोशन थापा, एनआरएनए एसिया प्यासिफिककी महिला संयोजक अनिता गुरुङ, अनेसासका पूर्व अध्यक्ष प्रकाश पौडेल, नेपाली आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा र नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीलगायतका  व्यक्तिहरूले आफ्नो विचार राख्नेछन्।

यो कार्यक्रम अक्टोबर ३१, बिहीबार साँझ ६ बजे हुनेछ र यो कार्यक्रम एनआरएनए जापानको फेसबुक पेज तथा विभिन्न सञ्चार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

जापानमा बसोबास गर्ने नेपालीहरूका लागि आफ्नो संस्कृति र परम्परा जोगाइराख्न यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण हुन्छन्। यस कार्यक्रमले प्रवासी नेपालीहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूका अनुभव साटासाट गर्न र आफ्नो पहिचानलाई बलियो बनाउन मद्दत गर्नेछ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय