टोकियो, जापान – पञ्चासे समाज जापानले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर एक भव्य सांस्कृतिक तथा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्थाले एक पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको विस्तृत जानकारी दिएको छ।
भोली मे ४ तारिख, २०२५ आइतबारका दिन टोकियोस्थित ब्याम्बो छे रेस्टुरेन्टमा साँझ ६ बजेदेखि राति ९ बजेसम्म यो विशेष कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा चर्चित गायिका काजल गुरुङ र लोकप्रिय गायक गोबिन गुरुङले आफ्नो सुमधुर आवाजले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, लाइभ म्युजिक अन्तर्गत अबर्ननिया ब्याण्डको प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा विविध सांस्कृतिक झलकहरूका साथै नृत्य प्रस्तुतिहरू पनि समावेश हुने समाजका अध्यक्ष मन बहादुर गुरुङले जानकारी दिनुभयो ।
पञ्चासे समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस कार्यक्रममा उपस्थित भई संस्थाको वार्षिकोत्सवलाई सफल बनाउन अनुरोध गरेको छ। कार्यक्रममा नेपाली कला, संस्कृति र संगीतको उत्कृष्ट संगम हेर्न पाइनेछ।





