पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा कमेडी तथा म्युजिकल कन्सर्टको आयोजना गर्ने भएको छ ।
आउदो जुलाइ २८ तारिख आइतबारको दिन साँझ ५ बजेबाट नाकानोको जेरो हलमा नेपालका लोकप्रिय कलाकारहरु मनोज गजुरेल (कमेडियन) एलिना चौहान (गायिका)
बिष्णु सापकोटा (लोक दोहोरी )डिज राज ( गायक)को साथमा सांगितिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
अहिले कार्यक्रमको आवस्यक तयारी तथा कलाकारहरुको भिषा प्रोसेसिङ लगायतको तयारी भइरहेको पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतमले जानकारी दिनुभयो ।
नेपाली कलासंगीतको संरक्षण संबर्दन गर्दै सांगितिक कार्यक्रमबाट संकलित रकम पूर्वि नेपालको सुनसरी जिल्लामा स्थित बराह क्षेत्रमा रहेका प्राथमिक तहमा अध्ययनरत गरिव तथा जेहेन्दार बिध्यार्थीहरुलाइ शिक्षादिक्षामा सहयोग पुराउने उद्देश्यले सोही क्षेत्रमा २ वटा ट्युशन सेन्टर संचालन गर्ने र पूर्वि नेपालकै बिभिन्न जिल्लाहरुमा रहेका करिव ३० बिपन्न घरपरिवारहरुलाइ जीवनगुजारा गर्न सहयोग पुगोस भन्ने उद्देश्यले प्रति परिवार ३ वटा बाख्राको पाठा बितरण गर्ने समेत केन्द्रका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
आयोजकले सम्पुर्ण जापानबासी नेपाली र संघसंस्था ब्यबसायीहरुलाइ सहयोगको अपेक्षा सहित यो मितिमा अन्य कुनै पनि कार्यक्रम नजुधाइदिन र उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन अनुरोध समेत गरेको छ ।





