नारिता, जापान: नेपाली चलचित्र क्षेत्रको चर्चित चलचित्र “पुर्ण बहादुरको सारङगी” जापानको नारितामा प्रदर्शन हुने भएको छ। छोराको सपना पूरा गर्न बुवाले गरेको संघर्ष, जीवनका उतारचढाव, र सामाजिक यथार्थतालाई समेटिएको यो चलचित्रले दर्शकको मन जित्न सफल भएको छ।
आगामी डिसेम्बर २८ तारिक, शनिवारका दिन Dream’s Club Japan को आयोजनामा नारितामा यो चलचित्र प्रदर्शन हुने भएको छ। आयोजकले चिबा लगायत नारिता स्थित सम्पूर्ण प्रवासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।

“पुर्ण बहादुरको सारङगी” चलचित्रले एक बुवाको आफ्नो छोरालाई सहरिया बनाउन गरेको संघर्षको मार्मिक कथा प्रस्तुत गर्दछ। चलचित्रमा ग्रामीण जीवन, सामाजिक असमानता, र पारिवारिक सम्बन्ध जस्ता विषयवस्तुलाई समेटिएको छ।
चलचित्र नेपाली चलचित्र क्षेत्रको उत्कृष्ट नमुना मानिन्छ।
चलचित्रको कथावस्तुले दर्शकलाई भावुक बनाउनुको साथै समाजका विभिन्न पक्षलाई उजागर गर्दै सकारात्मक सन्देश दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय