नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको मन जितेपछि अब जापानमा आफ्नो जादु चलाउने भएको छ। नेपालमा पूर्वदेखि पश्चिमसम्मका शो हाउसफुल हुँदै दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि यो चलचित्रले जापानको तोशिमा सिभिक हलमा नोभेम्बर ५ तारिखमा प्रदर्शनको तयारी गरेको छ।

जापानमा चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनी भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार टिकटक र युट्युबमा निकै लोकप्रिय बनेका ‘काँधेकुरी’ र ‘रैया चादीँको’ गीतले दर्शकलाई थप आकर्षित गरेको छ। हलमा प्रदर्शन भएपछि फिल्मको कथावस्तुले विभिन्न व्यक्तित्व र दर्शकहरूबाट प्रशंसा बटुलेको छ। बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथामा आधारित यो चलचित्रले दर्शकलाई भावुक बनाउँदै आँसु झार्न बाध्य पारेको छ।

दर्शकहरूले आफ्ना सामाजिक सञ्जालमा फिल्मको खुलेर प्रशंसा गर्दै यसलाई आफ्नो अपेक्षाभन्दा माथि रहेको बताएका छन्। विशेषगरी चलचित्रका संवादहरूले दर्शकलाई निकै छोएको छ। दर्शकको व्यस्ततालाई ध्यानमा राख्दै डेस्टिनी क्रियसनले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको छ। इच्छुक दर्शकहरू https://dcticketing.com/ बाट सजिलै टिकट बुकिङ गर्न सकिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय