पुर्ण ट्रेडिङ एण्ड नेपाली फुड्सले नेपाली खाना ,उत्पादनहरु र बियरको स्वादलाइ जापानी बजारमा पनि ब्रान्ड लन्च गर्ने भएको छ। कार्यक्रम भोली सोमबार, ११ नोभेम्बर २०२४ मा जापानको टोकियोमा भव्य रूपमा आयोजना हुने सिओइ टिका श्रेष्ठले जानकारी दिनुभएको छ।

तत्काललाइ करिव ३ सयभन्दा बढी परिकारहरु लन्च गर्ने यस विशेष कार्यक्रममा नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विशिष्ट व्यक्तिहरू र जापानमा रहेका नेपाली समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा उपस्थित हुनेहरूले नेपाली परिकारहरूको स्वाद चाख्ने साथै नेपाली बियरको मज्जा लिन पाउनेछन्। पूर्ण ट्रेडिङले आयोजना गर्न लागिरहेको यस कार्यक्रमले नेपाली खाना उत्पादनहरु र बियरलाई विश्व बजारमा चिनाउने एउटा महत्वपूर्ण पाइलाको रूपमा लिइएको छ।

कार्यक्रमको विवरण:
* मिति: ११ नोभेम्बर २०२४
* समय: साँझ ६ बजे
* स्थान: बाम्बु रेस्टुरेन्ट, टोकियो, जापान

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय