क्यूएस रेमिटले दशैं र तिहारको पावन अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष उपहार योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत, क्यूएस रेमिट मार्फत नेपालमा पैसा पठाउने भाग्यशाली ग्राहकहरूले १०० वटा सुटकेस जित्ने अवसर पाउनेछन्।
यस योजना नेपालीहरूले आफ्नो परिवार र आफन्तहरूलाई दशैं र तिहारको अवसरमा आर्थिक सहयोग गर्न सजिलो र सुविधाजनक बनाउने उद्देश्यले ल्याइएको हो। क्यूएस रेमिटले नेपालमा सुरक्षित र भरपर्दो पैसा पठाउने सेवा प्रदान गर्दै आएको छ।
यस योजना २०२४ अक्टोबर १ देखि २०२४ नोभेम्बर १५ सम्म लागू हुनेछ। पुरस्कार घोषणा मिति २०२४ नोभेम्बर १६, दिउँसो ३ बजे, टोकियो कार्यालयबाट क्यूएस रेमिट-जेपी-नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने क्यूएस रेमिट जापानका Vice Manager पवन कार्कीले जानकारी दिनुभयो ।
क्यूएस रेमिटले हिमालयन बैंकसंगको सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको खातामा रकम जम्मा गर्न सक्छन् । जापानमा बसेर पनि डिम्याड र ब्रोकर एकाउन्ट खोल्ने सकिने बताइएको छ ।





