साफ च्याम्पियनसिपको फाइनल खेलको क्रममा प्रधानमन्त्री केपी ओलीलाई मार्ने धम्की दिएको भन्ने समाचार सार्वजनिक भएपछि विवादमा तानिएका भ्लगर रतन कार्कीले आफ्नो अभिव्यक्तिप्रति क्षमा याचना गरेका छन्।
कार्कीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, “मैले ‘मार्ने’ शब्द प्रयोग गरेकोमा मलाई निकै पछुतो लागेको छ। मेरो उक्त अभिव्यक्ति कसैलाई लक्षित गरेको होइन। म सबैसँग क्षमा चाहन्छु।”
यसअघि, कार्कीले साफ च्याम्पियनसिपको फाइनल खेल हेर्दै गर्दा आफूले गरेको टिप्पणीलाई लिएर प्रहरीले उनलाई निगरानीमा राखेको थियो। उनको यो अभिव्यक्तिले देशभर तरंग ल्याएको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित