टोकियो/जापान। जापानको निजी क्षेत्रको चामलको स्टक जुनको अन्त्यमा जम्मा १.५६ मिलियन मेट्रिक टन मात्रै रहेको एक रिपोर्टमा देखिएको छ ।
प्रारम्भिक कृषि मन्त्रालयको रिपोर्टका अनुसार जापानमा हाल देखिएको चामलको स्टक, सन् १९९९ मा रेकर्ड सुरु भएयताकै न्यून हो ।
चामलको स्टक एक वर्ष अघिको तुलनामा ४ लाख १० हजार मेट्रिक टनले घटेको छ । गत वर्षको चर्को गर्मीका कारण उत्पादन कमी हुनुका साथै विदेशी पर्यटकको मागमा भएको वृद्धिका कारण चामलको खपत बढेकाले चामलको स्टक कम भएको बताईएको छ।
सन २०२३ मा उत्पादन भएका धान मध्ये, पहिलो श्रेणीको बाली ६१.८ प्रतिशत थियो, जुन त्यस अघिको वर्षको तुलनामा १८ प्रतिशतले कम हो।
गत जुनसम्मको अवधीमा चामलको माग १ लाख १० हजार मेट्रिक टन बढेर ७.०२ मिलियन मेट्रिक टन पुगेको छ, जुन एक दशकको अवधीमा देखिएको पहिलो वृद्धि हो।
यस अवधिमा जापान आउने विदेशी पर्यटकको संख्या दोब्बरभन्दा बढी भएको छ । त्यस्ता आगन्तुकहरूले दिनमा दुई पटक भात खाने अनुमान गर्दै त्यस्ता आगन्तुकहरूबाट चामलको माग १ सय ७० प्रतिशतले बढेर ५१ हजार मेट्रिक टन पुगेको मन्त्रालयले अनुमान गरेको छ।
अहिले जापानमा चामलको स्टक घट्दै गएपछि उच्च मूल्य कायम हुने मार्गमा छ। कतिपय चामलहरुको यस अघिनै मूल्य वृद्धि भइसकेका छन् भने बाँकी मूल्य बढाउने तर्फ उन्मुख भएका छन् ।



