टोकियो, जापान: रोल्पा समाज जापानले आगामी तिहारको अवसर पारेर एक विशेष देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रमबाट संकलित रकमलाई विपद्‌को समयमा प्रयोग गर्नका लागि स्थापना गरिने आपतकालीन राहत कोषमा जम्मा गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजक रोल्पा समाज जापानले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी तथा परिवारजनलाई यस कार्यक्रममा उपस्थित भई राहत कोषमा सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने मिति र समय:

* मिति: २०२४ नोभेम्बर २, शनिबार

* समय: बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म

स्थान: रोयल गार्डेन रेस्टुरेन्ट, शिनोकुबो, टोकियो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय