जापानमा रहेका स्याङ्जालीहरूको साझा संस्था स्याङ्जा समाज जापान क्षेत्रीय समिति ओसाकाको पहिलो अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ।

जापानस्थित स्याङ्जालीहरूलाई एकताबद्ध गरी उनीहरूको हकहितका लागि काम गर्ने उद्देश्यले स्थापित यस समाजको अधिवेशनले संस्थाको भावी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको  स्याङ्जा समाज जापानका केन्द्रीय अध्यक्ष वेद कार्कीले  जानकारी दिनुभयो।

उक्त अधिवेशन ओसाका प्रिफेक्चरको आबेनो बेल्टा हलमा दिउँसो २:०० बजेदेखि सुरु भएको थियो। कार्यक्रमको सभापतित्व स्याङ्जा समाज जापानका केन्द्रीय अध्यक्ष वेद कार्कीले गर्नुभएको थियो भने, संस्थापक अध्यक्ष एवं संरक्षक जीवन न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विशिष्ट अतिथिहरूमा केन्द्रका सल्लाहकारहरू सुक केसी ,कृष्ण अधिकारी एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे ,उपाध्यक्ष सुवास लामिछाने,एनआरएनए कान्साईका पदाधिकारीहरूका साथै एनआरएनए जापानका अन्य पदाधिकारीहरूको उपस्थिति
हुनुहुन्थ्यो।

अतिथिहरूमा कान्साई अन्तर्गतका विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरू, पत्रकारहरू, बुद्धिजीवीहरू र सफल व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव सागरमणि न्यौपानेले गर्नुभएको थियो।
अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ उपाध्यक्ष दीपक न्यौपाने तथा सदस्यहरू सुक केसी, कृष्ण अधिकारी, टीआर गौडेल र समीर भण्डारी रहेको समितिले नयाँ नेतृत्व चयन गरेको हो।

स्याङ्जा समाज कान्साई क्षेत्रीय कार्यसमितिको अध्यक्षमा सूर्य प्रसाद अर्याल निर्वाचित हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डेय र अनन्त राज भट्टराई, सचिवमा गिरिस ढकाल, सह-सचिवमा अनिल क्षेत्री, कोषाध्यक्षमा अमृत पौडेल र सह-कोषाध्यक्षमा प्रविण भुजेल चयन हुनुभएको छ।

नवनिर्वाचित सदस्यहरूमा राम न्यौपाने, सुन्दर पाण्डेय, पूष्पराज पोख्रेल, रमेश भण्डारी, रोशन गैह्रे, काजल गुरुङ, कृति गिरि, सुमेना श्रेष्ठ, ईश्वर रानाभाट, सुरज काफ्ले, विनोद पौडेल र शर्मिला खनाल हुनुहुन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय