![](https://afnainews.com/wp-content/uploads/2024/10/photo-output.jpeg)
शेर्पा संघ जापानले जापानमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायलाई एकै थलोमा ल्याउने उद्देश्यले आगामी अक्टोबर ६ गते आइतबार तोचिगी गुन्मा क्षेत्रीय कार्यसमिति गठन गर्ने संघका वरिष्ठ उपाध्यक्ष सोनाम सामानों जानकारी दिनुभएको छ।
यस कार्यक्रममा गुन्मा तथा तोचिगी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण शेर्पा समुदायका सदस्यहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
![](https://afnainews.com/wp-content/uploads/2023/09/himali-sandesh-1024x108.webp)
यस क्षेत्रिय भेलाबाट गठन हुने कार्यसमितिले जापानमा रहेका शेर्पा समुदायलाई एकताबद्ध बनाउन र समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको विवरण:
* मिति: अक्टोबर ६, २०२४ (आइतबार)
* समय: बिहान ११ बजेदेखि
* स्थान: ROCK•SEA RESTAURANT AND BAR, गुन्मा केन ओइजुमि माची निसी, कोइजुमि एकिबाट २ मिनेटको दूरीमा।
* ठेगाना: 〒370-0532 群馬県邑楽郡大泉町坂田5丁目3