
विगत लामो समयदेखी जापानलाई आफ्नो कर्मभुमि बनाई बस्नु भएको गायक एल बि थोकरले लगभाग २ दशक पछी आफ्नै तामाङ भाषाको मौलिक गीत “अत्तरकोली कारमाया” लिएर संगीतिक क्षेत्रमा “कमब्याक” गर्नु भएको छ।
दन्तै मोहानी, घन्कैदेउ मादलु, सपाना, ओम शान्ती जस्ता दर्जनौ चर्चित गीतहरु गाइसक्नु भएको थोकरले, पछी जापानमा आफ्नो कार्य व्यस्तताको कारणले गीत संगीतमा समय दिन नसके पनी यो क्षेत्रबाट टाढा रहन ननसकेको बताउनु हुन्छ।
सरिता गुरुङको प्रस्तुतीमा रहेको यो गीतमा शब्द जनक थोकरले लेख्नु भएको छ भने वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङले संगीत गर्नु भएको छ। साथमा चर्चित गायिका जितु लोप्चनले स्वरमा साथ दिएको छ।
शुक्र दोङको एरेंजर, दिपेश प्रधानले मिक्स मास्टरिङ गरेको गीतलाई ल्हास्सो स्टुडियो बनेपा र जापानमा सुदान राईले अवाज रेकार्ड गर्नु भएको थियो भने यो गीतको पोस्ट प्रोडक्सन सेलो साँगलोले गरेको छन र JANAK THOKAR अफिसियल युट्युब च्यानल मार्फत यो गीतलाई सर्वजानिक गरिएको छ।