जापानमा यस वर्षको सबैभन्दा चिसो हावाको प्रवाहका कारण व्यापक हिमपात हुने अनुमान गरिएको छ। जापान सागरको तटीय क्षेत्रहरूमा मात्र नभई, सामान्यतया हिउँ नपर्ने तराई क्षेत्रहरूमा समेत भारी हिमपात हुने सम्भावना छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार देशको उत्तरदेखि पश्चिमसम्म फैलिएको चिसो हावाका कारण यस्तो अवस्था आएको हो। शनिबार बिहानसम्म गुन्मा, हिरोशिमा र गिफु जस्ता क्षेत्रहरूमा २० देखि १६ सेन्टिमिटरसम्म हिउँ परिसकेको छ भने निगाता र फुकुशिमामा क्रमशः ३.२५ र २.८४ मिटरसम्म हिउँ जमेको छ।

आगामी दिनहरूमा यो परिमाण अझ बढ्ने अनुमान गरिएको छ। विशेषगरी जापान सागरको तटीय क्षेत्रहरूमा भारी हिमपात हुने सम्भावना छ। यसैगरी, प्रशान्त महासागरको तटीय क्षेत्रहरूमा समेत सामान्यभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीले देशका विभिन्न भागमा भारी हिमपात र हिमआँधीको सम्भावना रहेको चेतावनी जारी गर्दै यातायात अवरुद्ध, विद्युत आपूर्ति बन्द हुने, ढलेका रुखहरू तथा हिम पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बच्न सतर्क रहन सबैमा आह्वान गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय