
स्याङ्जा समाज जापान क्षेत्रीय समिति ओसाकाले आज आफ्नो पहिलो अधिवेशन आयोजना गर्ने भएको छ ।
जापानमा रहेका स्याङ्जालीहरूलाई एकताबद्ध गर्ने र उनीहरूको साझा हितका लागि काम गर्ने उद्देश्यका साथ स्थापित यस समाजले आफ्नो प्रथम अधिवेशन आज मिति २०२५ जुन २३ तारिख, सोमबारका दिन आयोजना हुने स्याङ्जा समाज जापानका केन्द्रिय अध्यक्ष वेद कार्कीले जानकारी दिनुभएको छ । यो अधिवेशन दिउँसो २:०० बजेदेखि (समय निश्चित) सुरु हुनेछ र यसले समाजको भावी कार्यदिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
उक्त अधिवेशन ओसाका प्रिफेक्चरको आबेनो बेल्टा हलमा सम्पन्न हुनेछ । यस अधिवेशनमा जापानभरिका स्याङ्जालीहरू तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ । समाजले सबैलाई उपस्थित भई कार्यक्रम सफल बनाउन समाजले अनुरोध समेत गरेको छ ।
थप जानकारीका लागि, इच्छुक व्यक्तिहरूले कृष्ण पाण्डेलाई ०८०३३८९३१०१ मा, सूर्य अर्याललाई ०८०३६६४६८७० मा र गिरीश ढकाललाई ०८०६९८१३२९ मा सम्पर्क गर्न सक्नेछन् ।