विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको संस्था स्याङजा समाज जापानको १३ औं बार्षिक साधारण सभा मार्च ३१ तारिख आईतबार सिजुओकामा ५ वुँधे घोषणा पत्रसहित सम्पन्न भएको छ ।

विविध उदेश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका, फुकुओका र किता कान्तो गरि ४ क्षेत्रीय समितिहरु सक्रिय छन् ।

समाजको ईतिहाँसमा पहिलो पटक टोकियो बाहिर साधारण सभाको गरेको र सबै व्यवस्थापकीय जिम्मा सिजुओका कमिटीले लिएको समाजका महासचिव सागारमणी न्यौपानेले बताए। जापानमा रहेका हरेक संघ संस्थाहरुसँग मैत्रिभाव र निकटता राख्दै जापानमा रहेका स्याङ्जालीहरुको हक र हितको निम्ती काम गर्ने, पिडित स्याङ्जालीहरुलाई राहत दिने, नेपाली कला र संस्कृतिलाई विकाश गर्ने, स्याङ्जा जिल्लामा भैपरि आउने दैविक प्रकोप तथा प्राकृतिक बिपत्तिका बेलामा आवश्यक सहयोग गर्ने, जिल्लाका दुर्गम ठाउँ लगायत सामाजिक शैक्षिक तथा धार्मिक स्थलको विकासको निम्ति सक्दो सहयोग गर्ने र विभिन्न धर्म, जातजाति, लिङ्ग तथा राजनीति निरपेक्ष रहि विशुद्ध सामाजिक संस्थाको रुपमा यसलाई परिचालन गर्ने उद्देश्य लिएर स्थापना गरिएको स्याङ्जा समाज सोहि अनुसार निरन्तर लाग्ने भएको छ ।

समाजको कार्यसमितिमा रहेर १ बर्षमा तदारुकताका साथ सक्रिय भएर समाजका हरेक कार्यक्रमहरुमा योगदान दिएका कार्यसमिति सदस्यहरु बिनयजंग केसी, रमा राना, मणी भट्टराई, दिपक तिवारी, केविन भट्टराई र नारायण खत्रीलाई “प्रशंसा पत्र” ले सम्मान गरेको छ । समाजको केन्द्रदेखि क्षेत्र सम्मका विभिन्न कार्यक्रमहरुमा अतुलनीय योगदान दिनुहुने निशान राना (नागेया), बालकृष्ण ढुँगाना (सिजुओका), नासिर दिन मियाँ (किता कान्तो) र सल्लहकार कृष्ण अधिकारीलाई सम्मान गरेको छ । र कार्यक्रमको सम्पुर्ण व्यवस्थापकीय जिम्मेवार लिएर कुशल व्यवस्थापनाको लागि सिजुओका कमिटीको अध्यक्ष मिलन अर्याल लगाएत सबै सिजुओका समितिलाई धन्यवाद पत्रले सम्मान गर्यो ।

समाजका अध्यक्ष चित्र गुरुङको सभापतित्व र स्याङजा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिको उपाध्यक्ष मुक्ति सुवेदीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको संचालन समाजका सचिव समुन्द्रराज पौडेलले गरेको थियो ।

विभिन्न क्षेत्रहरुको संगठानिक प्रतिवेदन, कोषाध्यक्ष हरि न्यौपानेले कोषाध्यक्ष आर्थिक प्रतिवेदन महासचिव सागरमणी न्यौपानेले गरेको महासचिवको संगाठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष वेद कार्कीको संयोजकत्वमा संशोधित विधान सर्वसम्मत रुपमा हलले ताली बजाएर पास गरे । हाल कृयशिल क्षेत्रहरु नागोया, सिजुओका र किता कान्तोबाट उल्लेख्य रुपमा सहभागिता रहेको सभा दिउँसो १२ बजेदेखि वेलुका ५ बजेसम्म चलेको थियो ।

सिजुओका घोषणा पत्र २०२४/०३/३१

1. क्षेत्र विस्तारमा जोड, सातौं अधिवेशन अगावै नयाँ क्षेत्रीय समिति गठन गर्ने ।

2. ३ महिना भित्र उद्घोषण तालीम तथा उत्प्रेरणात्मक कार्यक्रम गर्ने ।

3. साधारण सदस्यता बढाउन जोड दिने ।

4. सम्पुर्ण जापानवासी स्याङ्जालीहरु लगाएत जापानमा रहेका नेपालीहरुमा आईपर्ने दु:ख सुखमा हातेमालो गरि सहयेग गर्ने ।

5. समाजले गर्दै आईरहेका बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय