नेपाल तामाङ समाज जापान किता कान्तो क्षेत्रीय समितिको आयोजनामा ह्ययाला डम्फु ह्ययाङ्लान शान, चुनोन ह्ययाला तामाङ पहिचान!” भन्ने नाराका साथ दोस्रो डम्फू साँझ २०२४ को आयोजना हुने भएको छ।
अक्टोबर १९ (शनिबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म गुन्मा स्थित काठमाडौं किचनमा हुन लागिरहेको कार्यक्रममा सम्पूर्ण तामाङ समुदायका साथै अन्य जातजातिका दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ।
यस कार्यक्रममा तामाङ संस्कृतिको झलक देख्न पाइने भएकोले यस अवसरलाई नगुमाउन आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमका विवरण:
* मिति: २०२४ अक्टोबर १९ (शनिबार)
* समय: दिउँसो ४ बजेदेखि राति १० बजेसम्म
* स्थान: काठमाडौं किचन, १०५७-५७६ Fujiharacho, Tatebayashi, Gunma 374-0041