
सेन्दाई /जापान
नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति तोहोकू, सेन्दाईको प्रथम अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ जुलाई २१ तारिख आईतबारका दिनको लागि तयारी पुरा भएको कार्यक्रम संयोजक छिरिङ ग्यावा तामाङले जानकारी दिनुभयो।
जहाँ रहेता पनि संरक्षण सम्वर्धन र प्रबर्धन गर्नु पर्छ भन्ने उदेश्यका साथ पहिलो पल्ट नेपाल तामाङसमाज क्षेत्रिय समिति तोहोकु सेन्दाईको प्रथम अधिवेशन हुन गइरहेको हुँदा तोहोकु क्षेत्रमा रहनुहुने तामाङ दाजुभाई दिदीबहिनी तथा तामाङ सभ्यताप्रेमी सम्पूर्णमा गरिमामय उपस्तिथिको लागी समाजले अपील गरेको छ ।।
विभिन्न सभ्यताले भरिएको बग़ैचामा एक सुन्दर सभ्यता हो तामाङ सभ्यता, आफ्नो छुट्टै , भाषा, धर्म , लिपी, भेषभूषा ,इतिहास र संस्कार-संस्कृतिले भरिएको नेपालको इतिहास या सभ्यता मध्यकै पुरानो र आधिम तामाङ सभ्यतालाई बचाउने हामी सबैको दायित्व रहेको संयोजक कृष्ण विक्रम घिसिङले बताउनुभयो ।
कुनै पनि देश संबृद्धको कलपना गर्न जहाँ हरेक समुदायको मौलिक धर्म ,संस्कार-संस्कृति, परम्परा, भाषा, भेषभुषालाई संरक्षण सम्वर्धन र प्रबर्धन गर्न जरूरी रहेको मनन गर्दै जहाँ रहेता पनि संरक्षण सम्वर्धन र प्रबर्धन गर्नु पर्छ भन्ने उदेश्यका साथ पहिलो पल्ट नेपाल तामाङसमाज क्षेत्रिय समिति तोहोकु सेन्दाईको प्रथम अधिवेशन हुन गइरहेको हुँदा तोहोकु क्षेत्रमा रहनुहुने तामाङ दाजुभाई दिदीबहिनी तथा तामाङ सभ्यताप्रेमी सम्पूर्णमा गरिमामय उपस्तिथिको लागी समाजले अपिल समेत गरेको छ ।