नेपाल तामाङ समाज मिए च्युबु क्षेत्रीय समितिको आयोजनामा डम्फु सेलो तथा म्हेन्दोमाया साँझ २०२४ कार्यक्रम नागोयामा हुने भएको छ।
उक्त कार्यक्रममा गीतकार तथा गायक जनक थोकरको साथमा एलिना योन्जन, सरोज लामा, सुरेन्द्र तामाङ र अङ्कुशा तामाङले आ-आफ्नो सांगितिक प्रस्तुति दिनेछ भने सोना रुम्बा, सपना तामाङको साथमा म्हेन्दोमाया नृत्यको बेजोड प्रस्तुति रहाने साँस्कृतिक विभाग संयोजक पुस्ना म्हाङ्तेन तामाङले जानकारी दिनुभएको छ।

सान्स्कृतिक कार्यक्रमको साथमा विभिन्न काल खण्डमा समाजलाई योगदान दिनुहुने व्यक्तित्वहरुलाई पनि सम्मान रहने उक्त कार्यक्रम यहि १४ डिसेम्बर, २०२४ शनिवारको दिन बेलुका ०४:००~२१:०० बजेसम्म द रानी महाल इमाएकीमा हुने संस्थाको अध्यक्ष हरि दोङ तामाङले जानकारी दिनु भएको छ।

जापानको नागोया वरिपरि बस्नुहुने सम्पूर्ण तामाङ तथा गैर तामाङ समुदायलाई कार्यक्रममा उपस्थिति जनाउनु भइ तामाङ संस्कार र साँस्कृतिको अवलोकन गर्नको लागि सचिव प्रमिला लो तामाङले आव्हान गर्नु भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय