टोकियो, जापान
नेपाली महिलाहरुको प्रमुख चाडको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा यस बर्ष तीज फेस्टिवल फोटो प्रतियोगिता आयोजना गरिएको छ ।जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा समाज जापानको सह-आयोजनामा महिलाहरुको तीज उत्सवलाई थप उल्लासमय बनाउन फोटो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन र कला तथा संस्कृतिको प्रर्वद्धन हुनेगरि फोटो प्रतियोगितामा मौलिक नेपाली पहिरन, कला संस्कृति झल्काउने श्रृंगार लगायतलाई प्राथमिकता दिएर उत्कृष्ठलाई नगद तथा उपहार प्रदान गरिने आयोजक जि एण्ड के कम्पनीका प्रमुख ददिवल खड्काले जानकारी दिए।
फोटो प्रतियोगितामा प्रथम हुनेलाई जापानी १००,००० येन, द्धितिय हुनेलाई ५०,००० येन र तृतिय हुनेलाई ३०,००० येन नगद पुरस्कार तोकिएको छ ।
यसैगरि प्रतियोगिहरु मध्येबाट उत्कृष्ठ थप तीन जनालाई साडी वा कुर्ता रोजेर एक सेट कपडा उपलब्ध गराइने भएको छ ।प्रतियोगितामा जापान सहित विश्वभरबाट महिला सहभागीहरुले साडी, तथा मौलिक जातिय भेषभुषामा सजिएको तस्विर पठाउन सक्नेछन् । यसको लागि नुवाकोट सेवा समाज जापानको फेसबुकमा पोष्ट गरिएको तस्विरलाई लाईक, कमेन्ट, सेयरको आधारमा विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुनेहरुले आफ्नो ३ वटा तस्विर सहित आधिकारिक ठेगाना, नाम, फोन नम्वर र ईमेल पठाउनुपर्ने नियम राखिएको छ ।यस बारेको विस्तृत जानकारी नुवाकोट सेवा समाज जापानको फेसबुक पेज तथा ०८० ६७७९ ७७७० मा भाइबर तथा ह्वाट्सएप मार्फत जानकारी लिन सकिने छ ।
यस्ता छन् फोटो प्रतियोगितामा सहभागीले पालना गर्नुपर्ने नियमहरु:-
१. सहभागीले आफ्नो कम्तिमा एउटा बढिमा ३ वटा फोटो पठाउनुपर्नेछ ।
२. फोटोको साथमा आफ्नो नाम, सम्पर्क नम्वर, स्थायि ठेगाना र इमेल साथमा पठाउनुपर्नेछ ।
३. फोटो पठाउने अन्तिम मिति २०२४, सेप्टेम्बर ५ तारिख जापानी समय अनुसार बिहान १० बजे रहेको छ ।
४. प्रतियोगिताको बिजेता सेप्टेम्बर ८ तारिख एक कार्यक्रमका बिच घोषणा गरिनेछ ।
५. प्रतियोगी स्वयंले फेसबुक पेज लाईक, सेयर र आफ्नो फोटोमा अनिवार्य कम्तिमा एउटा कमेन्ट गरेको हुनुपर्नेछ ।
६. प्रतियोगिको फोटो लाईक, सेयर र कमेन्ट गर्ने सबैले अनिवार्य नुवाकोट सेवा समाज जापानको पेजलाई लाइक गरेको हुनुपर्नेछ, अन्यथा त्यस्ता सहभागीको मतलाई मान्य गरिने छैन ।
७. एक जनाले एक भन्दा बढि जति पटक सेयर गरेको भएपनि एक पटक मात्र गणना गरिनेछ ।
८. बिजेता घोषणाको अन्तिम निर्णय नुवाकोट सेवा समाज जापानमा रहनेछ ।
९. उत्कृष्ट ३ जनालाइ क्रमशः प्रथम, द्धितीय र तृतीय घोषणा गरिनेछ ।
१०. फोटोलाई अन्य ग्रुपहरुमा सेयर गर्न सकिनेछ ।
११ . फोटो र अन्य विवरण नुवाकोट सेवा समाज जापानको पेज वा 080-6779-7770 नम्वरमा भाइबर वा ह्वाट्स एपमा पठाउनुपर्नेछ ।
फेसबुक पेज यो रहेको छ।
Facebook