टोकियो, जापान: नेपाली हिप हपका चर्चित कलाकार V-TEEN (समीर घिसिङ) जापान भ्रमणमा आएका छन्। बिहान ७ बजेर २० मिनेटमा नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीलाई दाजुभाइ इन्टरटेनमेन्टले भव्य स्वागत गरेको छ।

आगामी डिसेम्बर १४ मा टोकियोको एटम सिन्जुकुमा हुने विशेष कार्यक्रमका लागि उनी जापान आएका हुन्।V-TEENले, डिसेम्बर ९ मा ओसाका, ११ मा नागोया र २३ मा फुकुओकामा पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।

समीर घिसिङ, आफ्नो स्टेज नाम V-TEEN ले बढी चिनिने एक प्रतिभाशाली नेपाली र्‍यापर हुन्। सन् २०१६ मा सार्वजनिक गरेको “चुरोट” गीतबाट उनले व्यापक लोकप्रियता हासिल गरेका थिए। “सिमसिमे पानी”, “पारा”, “हामी यस्ताई त होनी ब्रो”, “यात्रा”, “हालखबर”, “काँथा” जस्ता उनका गीतहरू नेपाली युवाहरूका मन जित्न सफल भएका छन्। उनका गीतहरूले नेपाली समाजका यथार्थता र युवाहरूको संघर्षलाई मार्मिक रूपमा चित्रण गर्ने गरेको छ ।

टोकियो कार्यक्रमको विवरण:

मिति: २०२४ डिसेम्बर १४
स्थान: एटम सिन्जुकु, टोकियो
गेट खुल्ने समय: ४:३० PM (जापानी समय)
ठेगाना: 〒160-0022 東京都新宿区新宿5丁目17-138F

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय