भ्वाइस अफ नेपाल सिजन ४ का लोकप्रिय फाइनलिस्ट नोगेन हाङ्सारुम्बा लिम्बु आगामी साउने संक्रान्तिमा जापानमा आफ्नो प्रस्तुति दिने भएका छन्।
सेक्मुरी इन्टरटेइनमेन्ट जापानले उभौली साकेलाको अवसर पारेर “सेक्मुरी समर कन्सर्ट २०२५” को आयोजना गर्दैछ, जसमा नोगेनको विशेष उपस्थिति रहनेछ।
सेक्मुरी इन्टरटेइनमेन्ट जापानका प्रमुख दीप आङ्देम्बे लिम्बुका अनुसार, यो सांगीतिक कार्यक्रम २०२५ को जुलाई १३ तारिखमा साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।

कोच प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धा गरेका नोगेनले आफ्नो मन्त्रमुग्ध पार्ने आवाज र विशिष्ट गायन कलाले धेरैको मन जितेका छन्। जापानमा रहेका नेपाली संगीतप्रेमीहरूले उनको प्रस्तुतिलाई प्रत्यक्ष हेर्न पाउने भएका छन्।
गायनका साथै संगीत रचनामा पनि सक्रिय नोगेनले भ्वाइस अफ नेपालको मञ्चमा विभिन्न प्रकारका गीत गाएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्। उनको जापान आगमनले जापानमा रहेका नेपाली समुदायमा खुसी छाएको छ।
कन्सर्टबारे विस्तृत जानकारी लिन इच्छुकहरूले सेक्मुरी इन्टरटेइनमेन्ट जापानका प्रमुख दीप आङ्देम्बे लिम्बुलाई मोबाइल नम्बर ०७०-७४७२-२९७२ मा सम्पर्क गर्न सक्नेछन्।





