युद्धपछि
नालापानीका
गोर्खालीहरू बेचिए,
गाेर्खाहरू पनि बेचिए,
हिजो सिमाना बेचिएर,
खोलानाला बेचिए,
नदनदी बेचिए,
सयाैँ नानीहरू बेचिए,
कयाैँ सुनखानीहरू बेचिए,
जहाज र लाज
सबै सबै बेचिए,
आज!
किन्न भन्दा
बेच्न जानेकाहरूले
सुन्दर पारामा
खगेन्द्र
र रुद्र कलि पनि बेचे,
पद पावर पैसाका
लागि खाडीमा
श्वाश र आश बेचेर पनि
अझै,
उडान मार्गको बाटो
हुँदै लास बेचेका छन्,
किनेका छन् ।
धर्म बेचेर अधर्म
किनेका छन्
रगतको इतिहासले पोतिएका
सिमाना सबै आफ्नो
बिर्ता ठान्नेहरूले
श्रम र भ्रमको नाममा
सोझा मानिस बेचेका छन्,
सजिलै बेच्न
मिल्ने सजिलै बेचेका छन्
नमिल्नेलाई सुन्दर तरिकाले
बेचेका छन्
जल ,जंगल ,जमिन ,बेचेका छन्
तर!
बेचेका छन् बेचेकै छन् ,
लाग्छ!
कुन दिन
आफैँलाई बेच्नेछन् ।
विक्री कविता
युद्धपछि
नालापानीका
गोर्खालीहरू बेचिए,
गाेर्खाहरू पनि बेचिए,
हिजो सिमाना बेचिएर,
खोलानाला बेचिए,
नदनदी बेचिए,
सयाैँ नानीहरू बेचिए,
कयाैँ सुनखानीहरू बेचिए,
जहाज र लाज
सबै सबै बेचिए,
आज!
किन्न भन्दा
बेच्न जानेकाहरूले
सुन्दर पारामा
खगेन्द्र
र रुद्र कलि पनि बेचे,
पद पावर पैसाका
लागि खाडीमा
श्वाश र आश बेचेर पनि
अझै,
उडान मार्गको बाटो
हुँदै लास बेचेका छन्,
किनेका छन् ।
धर्म बेचेर अधर्म
किनेका छन्
रगतको इतिहासले पोतिएका
सिमाना सबै आफ्नो
बिर्ता ठान्नेहरूले
श्रम र भ्रमको नाममा
सोझा मानिस बेचेका छन्,
सजिलै बेच्न
मिल्ने सजिलै बेचेका छन्
नमिल्नेलाई सुन्दर तरिकाले
बेचेका छन्
जल ,जंगल ,जमिन ,बेचेका छन्
तर!
बेचेका छन् बेचेकै छन् ,
लाग्छ!
कुन दिन
आफैँलाई बेच्नेछन् ।





