२७ बैशाख — सोलुखुम्बु सदरमुकाम र आसपासका बासिन्दाले एक हप्ता अन्धकारमा रात बिताउनु पर्ने भएको छ । सदरमुकाम क्षेत्रमा विद्युत वितरण गरिरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनीले नियमित चेकजाँचका क्रममा बिहिबारदेखि विद्युत सेवा बन्द गर्न लागेको हो ।

कम्पनीले हरेक बर्ष करिब एक हप्ताका लागि विद्युत सेवा बन्द गर्दै आएको छ । मौसमी अनुकुलता तथा प्रतिकुलतालाई हेरी विद्युत सेवा बन्द गर्ने समयावधि कम वा बढी हुन सक्ने कम्पनीका टेक्निकल अफिसर रामेश्वर मास्केले बताए ।
सल्लेरी च्याल्सा विद्युत कम्पनीले हाल सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिको विभिन्न स्थानमा विद्युत सेवा प्रदान गरिरहेको छ । विद्युत सेवा बन्द हुँदा व्याक अप पावरको व्यवस्था नभएका कतिपय सरकारी तथा गैह्र सरकारी कार्यालय तथा सेवाग्राहीहरु प्रभावित हुनेछन् ।

source:solukhumbusamachar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय