अष्ट्रिलियामा बसोबास गदै आइरहेको शेर्पाहरुको साझा सस्था शेर्पा किदुग अष्ट्रियलियाले आगामी मार्च ४ तारिख सिडनीमा भव्यताका साथ ल्होसार कार्यक्रमको आयोजना गर्न भएको छ ।
शेर्पा जातीको महान चाड च्या ल्हो ल्होसारको सुखद अवसरमा सिडनीबासी शेर्पाहरु र अन्य विभिन्न नेपाली समुदायको उपस्थितिमा शेर्पा जातीको मौलिक कला सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको साथ ल्होसार कार्यक्रमको तयारीमा जुटेका छौ ‘ शेर्पा किदुग अष्ट्रिलियाका उपाध्याक्ष ल्हाक्पा शेर्पाले भने-‘ हामी विदेशमा आएपनि हाम्रो सस्कृति जोगाउन तथा हामी सवै एक ठाउमा भेला भई रमाइलो गर्ने उद्धेस्यले ल्होसार कार्यक्रम आयोजना गर्न लागेको हो
उनका अनुसार सन २००८ मा अष्ट्रिलियामा विधिवत रुपमा दर्ता भएको किदुगले हरेक वर्ष ल्होसार कार्यक्रम र बेला बेलामा विभिन्न कार्यक्रमहरु आयोजना गदै आइरहेको छ । ल्होसार आयोजक समितिको संयोजकमा शेर्पा किदुग अष्ट्रिलियाका अध्यक्ष ङवाङ शेर्पा रहेको छ भने समितिको सदस्यहरुमा महासचिव कर्मा च्यावा शेर्पा, उपाध्याक्ष ल्हाक्पा शेर्पा, सचिव पेमा शेर्पा, सदस्यहरु आङ तेन्डी लामा, छिरिङ लामा , सोनाम छिरिङ शेर्पा, ग्याल्जेन शेपार्, आङ कामी लामा र पासाङ शेर्पा लगायतका रहेका छन
Source:everest Time