सिड्नी । काठमाडौको सेन्ट जेभेर्यस क्याम्पसबाट आइ एस्सीको पढाई सकिएको थियो । जीवनमा के गर्ने भन्ने खासै योजना थिएन । एक वर्ष बरालिएरै बित्यो । सन् १९९६ मा अष्ट्रेलिया उत्रैपछि मात्रै टोनु घोतानेले जीवनको गोरेटो पल्याउन थाल्नुभयो । मार्केटिङ्ग र पछि आइटीमा स्नातकोत्तर गरेर अष्टेलियाको मेलवर्नमा स्थायी बासोबास गरिरहनुभएका टोनु अहिले गैरआवासिय नेपाली संघ अष्टेलियाको नेतृत्वमा पुग्नु भएको छ । सन् २०१७ – १९ का लागि यसै वर्ष एनआरएनए अष्टेलियाको अध्यक्ष पदमा उहा निर्वाचित हुनु भएको हो ।

गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र उहाकी धर्मपत्नी जमुना गुरुङ्गको छत्रछाया भएकाले टोनुको अष्टेलियाली विद्यँर्थी जिवन खासै समस्याग्रस्त हुन पाएन । उहाहरुकै सरसल्लाहमा टोनु सन् २००५ देखि गैर आवासिय नेपाली संघमा सक्रिय हुन थाल्नुभयो । सन् २०१३ मा भने संघको कार्यसमिति सदस्य नै बनेर प्रवासका नेपालीका लागि सक्रिय रुपमा काम गर्न थाल्नुभयो टोनुले । नेपालीका लागि काम गर्ने उत्साह टोनुमा बढ्दै थियो त्यसैले पनि सन् २०१५ मा गैरआवासिय संघ अष्टेलियाको महासचिव बनेर थप जिम्मेवारी लिनुभयो । महासचिव पदमा बसेर नेपाली समुदायका लागि सक्दो काम गरेकै कारण सन् २०१७÷१९ का लागि टोनु अध्यक्षमा चुनिनुभयो ।

गैरआवासिय नेपाली संघ अष्टेलियाका अध्यक्षको जिम्मेवारी पाएपछि टोनु घोतानेले अष्टेलिया भरी नै नेपालीपनको सुरुवात गर्ने जमर्को गर्नुभएको छ । अष्टेलियाको ६ वटा रँज्य र दुइ वटा टेरिटोरीमा कम्तिमा पनि एउटा सामुदायिक भवन, गुम्बा र मन्दिर बनाउने उदेश्यका साथ टोनुको टिम सक्रिय हुन थालेको छ । “ कम्तिमा एउटा मात्रै भएपनि मन्दिर र गुम्बा बनाउन सकियो भने, धेरै नेपालीलाई आफ्नो धार्मिक आस्था अनुसारको पुजा पाठ गर्न सजिलो हुनेथियो ” टोनु भन्नुहुन्छ – हामी आफ्नो काममा अगाडी बढिसक्यौ ।

अष्टेलियामा रहेका नेपाली समुदायको उत्थानका लागि पनि टोनुको सक्रियता उतिकै छ । नेपाली भाषा दोस्रो पुस्तामा हस्तान्तरण गर्न चुनौति देख्नु भएको छ टोनुले । त्यसैले टोनुको टिम अष्टेलियामा नेपाली भाषालाई दास्रो पुस्तामा सहज हस्तान्तरण गर्न अष्टेलियाका विद्यँलयमा नेपाली भाषाको पाठ्यक्रम बनाएर लागु गर्न जुटेको छ ।

बाल्यकाल
पर्वत जिल्ला रापु गाउमा जन्मिए पनि टोनु घोतानेको बाल्यकाल काठमाडौमै बित्यो । जावालाखेलको सेन्ट जेभिर्यस विद्यालयबाट स्कुले पढाइ पुरा गर्नुभयो । वुवा महतलाल सिंगापुर बोइज आर्मी र पछि नेपाली सेनाको पाइलट हुनुहुन्थ्यो । आमा नाना गुरुङ्गको ममता अनि तीन दाजु भाईको मायाका बिचमा टोनुको बाल्यकाल बित्यो ।

सात समुद्र पारिरहेर पनि नेपाल र नेपालीका लागि सक्रिय टोनु तमु समुदायको भाषा उत्थानका लागि सहयोग गर्न तयार हुनुहुन्छ । अष्टेलियाका तमु समाजको विकासमा पनि टोनुको उतिकै सक्रियता छ । तमु भाषा संस्कति जोगाउन मेरो सधै सहयोग र साथ रहन्छ टोनुको भनाई छ । खासगरी तमु समुदायका बालबालिकालाई नेतृत्व लिन र शिक्षामा जोड अभिभावकले प्रोत्साहन दिनु पर्ने टोनुको बुझाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय