शेर्पा संघ इजरायल द्वारा शेर्पा समुदायले महान राष्ट्रिय पर्व २१४४ औ ग्याल्पो लोसार मे: मो च्यालो लोसार तेलअविव इजरायलमा भब्यताको साथ सम्पन्न गरेको छ |

संस्थाका द्धितीय उपाध्यक्ष डोमा शेर्पाको संयोजकमा भएको कार्यक्रमको सभापति अध्यक्ष आङ छिरिङ शेर्पा , प्रमुख अतिथी नेपाली दुतावास इजरायलका महामहिम कार्यवाहक राजदुत रामेश्वर पौडेल, बिशेष अतिथिहरुमा एनआरएन इजरायलका वरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवाली,आदिवासी जनजाती महासंघ महासंघ इजरायलकी अध्यक्ष श्रीमती निर्मला गुरुङ , बिश्व साइकल यात्री कृष्ण लामा तामाङ रहेका थिए भने अतिथिहरुमा इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहेका थिए |
कार्यक्रमको सह्भागि सम्पूर्णलाई सम्बोधन गर्दै सुश्री पेमा साङमु  शेर्पाले स्वागत मन्तव्य राखेकी थिईन | बिशेष अतिथि बिशाल ज्ञवाली ,निर्मला गुरुङ,अतिथि सुन्दर सिंह लामा तामाङ लगायतले लोसारको शुभकामना व्यक्त गर्नु भएको थियो |प्रमुख अतिथि कार्यवाहक राजदुत रामेश्वर पौडेलले शुभकामना मन्तव्य राख्नु हुदै ग्याल्पो लोसार पर्वले राष्ट्रिय एकता भाइचारा र राष्ट्रिय स्वाधिनताको लागि सबैमा नयाँ उमंग जोश जाँगर एवं इच्छाशक्ति प्रदान गर्न सकोस् भन्ने कामना सहित शेर्पा समुदायको आफ्नै भाषा , भेषभुषा र संस्र्कृति संस्कारको पहिचान भएको जाती रहेको बताउनु भएको थियो |

कार्यक्रममा नेपालबाट आमन्त्रित युवा कलाकार लाक्पा शेर्पा (आमोद) ले जोडदार प्रस्तुति राख्दै सबैलाई मनोरंजन प्रदान गरेका थिए | इजरायलवासी शेर्पा कलाकारहरु र नेपाली कलाकारहरुले गीत र निर्त्य प्रस्तुत गरेका थिए |कार्यक्रममा इजरायलमा शेर्पा संघले आयोजन गरेको लोसार कप फुटल प्रतियोगिताका बिजेता शेर्पा एफसी रेडका खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो |। साथै संस्था भूपू अध्यक्ष छिरिङ शेर्पालाई दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने निवर्तमान अध्यक्ष दावाछिरिङ शेर्पालाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो |
शेर्पा संघ इजरायलका सभापति एवं अध्यक्ष आङ छिरिङ शेर्पाले उपस्थित सम्पुर्ण महानुभावहरुलाई ग्याल्पो लोसारको शुभकामना ब्यक्त गर्दै कार्यक्रममा सहभागी भई सफल पार्नु भएकोमा सबैलाई हार्दिक धन्यवाद प्रकट गरेका थिए |

साँस्कृतिक कार्यक्रमको अन्तमा डिजे बिपिन तामाङले डिजे म्युजिकमा सबैलाई थप मनोरंजन प्रदान गरेका थिए | कार्यक्रम संस्थाका द्धितीय उपाध्याक्ष डोमा शेर्पा र आङ माया शेर्पाले कुशलतापुर्वक संचालन गरेका थिए |

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय