
इनर व्हील क्वीन कन्टेस्ट २०१७ को उपाधी बालाजु क्लवकी सहनशिला मानन्धरले जितेको हो । त्यसै गरी स्वेच्छा श्रेष्ठले दृतिया र रीता ढुंगानाले तिृतिया स्थान हासिल गरेको हो । इनर व्हील काठमाडौं जिल्ला सभापति इभा विजया लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा इनर व्हील क्लव दरबार स्क्वायरले शनिबार बेलुका राजधानीमा महिलाहरुको शैक्षिक विकास तथा क्षमता अभिवृदि गराउनको लागि इनर व्हील क्वीन कन्टेस्ट २०१७ प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगितामा इनर व्हील क्लव दरबार स्क्वयार बाट २ जना , इनर व्हील क्लब बालजु बाट ३ जना त्यसै गरी इनर, व्हील क्लब बागमति बाट २ जना र इनर व्हील क्लब न्युरोड सिटी बाट २ जना जम्मा नौ जना प्रतियोगी सहभागि रहेको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, लेखिका लाक्पा फुटी शेर्पा,मोडल निर्जन थापा, अन्य कलकार ,उधामी, ब्यपारी लगायतको बाक्लो उपस्तिथी रहेको थियो । कार्यक्रममा इनर व्हील क्लव दरबर स्क्वायरका अध्यक्ष एवंम कार्यक्रमका सभापति इभा खत्रिले संस्थाले विगतमा पनि नेपाली महीलाहरुको शैक्षिक विकास तथा क्षमता अभिवृदिका लागि वभिन्न कार्यकलप गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरता जरुरी रहेको बताए । प्रतियोगितामा उधामी समीर सिंह क्षत्रि, अभिनेता सुशान्त कार्की , संञ्चार कर्मी छेल्हामु शेर्पा, पुर्वा मिस टिन आयुषा कार्की , उधामी लिमा अधिकारी ,लगायतले निर्णायक मण्डलको भुमिका निर्वाहा गरेको हो । प्रतियोगितामा बेस्ट स्किनमा पुनमा सिंह,बेस्ट स्माईलमा अनुजा जोसि , बेस्ट हेयरमा सन्जु रिमाल र बेस्ट डे«समा रस्मी र्धवाल त्यस्तै बेस्ट वाकतर्फ रबिना महतले उपाधी । हासिल गरे । कार्यक्रममा स्पोन्सरहरु ,मिडीया पर्टनर र कार्यक्रमका निर्णायक मण्डलहरु लाई समेत सम्मान गर्दै मायाको चिनो प्रदान गरेको हो ।कार्यक्रमबाट संकलित रकम बसन्तपुर स्थित नव अर्दास विद्यालयका छात्राहरुलाई बितरण गर्ने कार्यक्रम आयोजकले बताए ।