![](https://afnainews.com/wp-content/uploads/2017/09/irma_aandhi.jpg)
टेक्सास (अमेरिका)— सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पुर्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।
आँधीसँगै आएको ठूलो हावा हुन्डरी, भारी वर्षा तथा बढ्दो समुन्द्री छालले फ्लोरिडा राज्यमा बिनास शुरु भएको स्थानीयले बताएका छन्।
![](https://afnainews.com/wp-content/uploads/2023/09/himali-sandesh-1024x108.webp)
‘म सबै नेपालीहरुको सूचना संकलन गरिरहेको छु। हालसम्म नेपालीको मानवीय क्षति भएको सूचना छैन। तर सयौंले आफ्नो बासस्थान छोडेर सुरक्षित स्थानमा सरेको छन्’, दिपक सापकोटाले भने।
फ्लोरिडा बस्दै आएका नेपाली दिपक देवकोटाका अनुसार विभिन्न काउन्टिहरुमा गरेर करिब सात सय नेपालीहरु आँधीबाट प्रभावित भएका छन्। ‘म सबै नेपालीहरुको सूचना संकलन गरिरहेको छु। हालसम्म नेपालीको मानवीय क्षति भएको सूचना छैन। तर सयौंले आफ्नो बासस्थान छोडेर सुरक्षित स्थानमा सरेको छन्।’
नेपालीहरु बसोबास रहेको फोर्ड मायर, जेन्टनमिल्स, मायमी काउन्टी, होमस्टे काउसिन्ट, फ्लोरिडा एटलान्टिक युनिभर्सिटीलगायत आसपासमा रहेका नेपालीहरु बढी प्रभावित भएका छन्। धेरैजसो नेपालीहरु आफ्नो घर छाडेर फेरिडा आसपासको राज्यहरुमा आफन्त वा साथीहरुसँग गएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले हालसम्म नेपालीको कुनै हताहती नभएको र सबैको सुचना संकलन गरिरहेको नागरिकन्युजलाई बताए। एआरएन अमेरिकाले आँधीपीडित नेपालीहरुलाई सहयोग गर्न आह्वान गरेको छ।
वासिङ्टन डिसीस्थित नेपाली दूतावासले प्रथम सचिव चक्र सुवेदीलाई फ्लोरिडाको अवस्था बुझ्न र आवश्यक सहयोग गर्न जिम्मा दिएको छ। प्रथम सचिव सुवेदीले फ्लोरिडाको स्थानीय व्यक्तिहरुसँग छलफल गर्दै हालसम्म कुनै दुर्घटना नभएको र सुरक्षित स्थानमा सर्ने क्रम जारी रहेको नागरिकन्युजलाई बताए। आँधी प्रभावित नेपालीहरुको अवस्थाकबारे दुतावासले सूचना संकलन गरिरहेको प्रवक्ता जीवन प्रकास श्रेष्ठले जनाए।
अमेरिकाको पूर्बी तटीय फ्लोरिडामा सुरु भएको हुरिकन इर्माका कारण ६५ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। पर्यटकीय शहर मायामी लगायत टेम्पा अहिले पुरै खाली गरिएको छ। स्थानीय बासिन्दालाई साउथ क्यारोलाइना, नर्थ क्यारोलानादेखि भर्जिनियासम्म सारिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
एकसय ३० माइल प्रतिघण्टाको गतिको आँधीले धेरै भौतिक संरचनाहरु नष्ट पार्ने अनुमान गरिएको छ। त्यसले गर्दा स्थानीयलाई सचेत रहन र आफ्नो बासस्थान छाडेर सुरक्षित ठाउँमा जानका लागि राज्य सरकारले एकसाता अघिदेखि नै सूचना जारी गरेको थियो।
दुई साता अघि सामुद्रिक आँधीका कारण टेक्ससको ह्युस्टन, कर्पस क्रिस्टी लगायतका शहरहरु समेत प्रभावित भएका थिए । ह्युस्टनको जनजीवन सामान्य अवस्थामा आउन अझै केही दिन लाग्ने अनुमान गरिएको समयमा फ्लोरिडामा सुरु भएको अर्को आँधीले अमेरिकालाई फेरि आतंकित बनाएको छ।
फ्लोरिडामा हजारौँ संघीय सुरक्षा अधिकारी तथा कैयौं हजारको सख्यामा सैनिकलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको अमेरिकी रक्षा विभागले जनाएको छ। विभागले सावधानीका लागि सुरक्षा अधिकारीको सल्लाह तथा सुझाव सुन्न सवै जनातालाई आग्रह गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इर्माको सम्भावित असरबारे दैपीप्रकोप व्यवस्थापनका अधिकारीहरुले जानकारी गराएका छन्। राष्ट्रपति ट्रम्पले शनिबार नै विपद् व्यवस्थापन तथा राहतका लागि १५ अर्ब २५ करोड अमेरिकी डलरको थप बजेटको व्यवस्था गर्ने कानूनमा हस्ताक्षर गरेका छन्।