चैत्र १६ । सोलुखुम्बु जिल्ला छिनाक्पु निवासी छोङ ल्हमु शेर्पाको २९ महिने छोरा दावा साङंगे शेर्पाको उपचारका लागि १५ लाख ९० हजार सहयोग रकम संकलन भएको छ । डक्टरका अनुसार उपचारका लागि रु १० लाख खर्च लाग्ने भएपनि हालसम्म विभिन्न संघसस्थाहरुको पहलमा सो रकम संकलन भएको जानकारी दिएको छ । आज शेर्पा संचार समुह नेपालको पुर्व अध्यक्ष डोमा शेर्पाको संयोजकत्वमा रु ५ लाख त्यसैगरि साइप्रस शेर्पा किदुकबाट रु १ लाख ४९ हजार, निमा शेर्पाको संयोजकत्वमा इजराइलबाट १ लाख ४१ हजार गरि जम्मा ७ लाख, ९० हजार सहयोग रकम आज शेर्पा संचार समुह नेपालको कार्यलय बौद्ध टुसालमा हस्तान्तरण गरिएको छ । बच्चाको नाजुक अवस्था र परिवारको आर्थिक अवस्था कमजोर भएकोले गर्दा सामाजिक संजाल फेसबुकको माध्यमबाट सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको हो । उपचारका लागि रु १० लाख चाहिएकोमा परिर्वतनका लागि जोडिएका हातहरु नामक युवा संस्थाले हालसम्म ६ लाख संकलन गरिएको जानकारी दिएको छ भने स्वाय आमा छोङ ल्हमु शेर्पाको खातामा देश विदेशबाट पठाइएका रकम रु २ लाख र आज हस्तान्तरण गरिएको रु ७ लाख ९० हजार गरि अहिलेसम्म रु १५ लाख ९० हजार संकलन भएको जानकारी दिएको छ । बच्चालाई चाडो भन्दा चाडो उपचारका लागि लान सबै संघसस्थाहरुले दवाव दिइ रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित