कठमाडौं :- काठमाडौं इचंगु एकधारामा बस्दै आएकी आङ डोमा शेर्पामाथि पौने एघार बजे राती आक्रमण भएको छ । घरमा कोही नभएको मौका छोपेर अन्दाजी ३८ बर्षीय दावा साङवो शेर्पाले उनीमाथि आक्रमण गरेका हुन । दवै जना एउटै घरमा बस्दै आएका थिए । माघ १४ गतेको रात थियो कोठामा उनी एक्लै थिइन । आङ डोमाका अनुसार सोही घरमा बस्ने दावा साङबो शेर्पा उनको कोठामा गएर उनको घाँटीमा थिचे, मुखमा थुके अनि पेन्चीसले टाउकोमा हिर्काए ।
उनले भनिन ‘त्यसपछि म कसो कसो पुत्कन सफल भए । फुत्किएपछि म बाहिर निस्किए, उ पनि मलाई लखेटदै आयो । तीन राउण्ड घर लगाएपछि सबैले थाहा पाए , नगरापालिकाको प्रेसिडेन्ड प्रहरलिे पनि थाहा पाए , घरबेटी अल्लोघर पल्लोघरका सबैले थाहा पाएर म बच्न सफल भए’
उनको टाउकोमा चोट लागेको छ । हाल उपचार गरेर आराम गरिरहेकी छन । उनलाई आक्रमण गर्ने दावा साङबो लामालाई महानगरीय प्रहरी बृत्त स्वयम्भुमा राखिएको छ । साङवोलाई सार्वजनिक केस चलाइएको जनाएको छ । यस विषयमा विभिन्न संघसंस्थाले विज्ञप्ती समेत जारी गरेर दोषिलाई कारबाहीको माग गरेका छन ।

Source:himgatha

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय