दावा शेर्पा, ताप्लेजुङ, असार ७ ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२, सान्थाक्राकी मिङमा दिकी शेर्पा ०७३ को माध्यमिक तह (एसईई) परीक्षामा जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका ५ को चागे माध्यमिक विद्यालयमा अध्ययरत शेर्पाले एसईई ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ३.७५ प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट भएकी हुन । एसईई प्रणाली अनुसार परीक्षा दिएकी शेर्पाको सि.न. ००१०८१४ एक्स हुन । लब्धांक पत्र अुनसार उनले एसईई विषयहरुमा क्रमशः अनिवार्य अंग्रेजीमा ए, अनिवार्य नेपालीमा ए, अनिवार्य गणितमा ए प्लस, अनिवार्य विज्ञानमा ए प्लस, अनिवार्य सामाजिकमा ए, जनसंख्या तथा वातावारणमा ए, ऐच्छिक गणितमा ए र ऐच्छिक कार्यालय सञ्चालन तथा लेखामा ए प्लस रहेको छ । शेर्पाले सर्वोत्कृष्ट अंक प्राप्त गरे पछि विद्यालय र परिवारमा मात्र नभई, उनकी गाउँ सान्थाक्रा र विद्यालय रहेको चागे गाउँमै खुसीयाली छाएको छ । छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउदा राम्रो नतिजा आउदैन जति खर्च लागे पनि निजी विद्यालयमै पढाउनु पर्छ भन्ने अभिभावकलाई समेत शेर्पाले गतिलो जवाफ दिएकी छन । निजी विद्यालयलाई समेत पछि पार्दै जिल्ला प्रथम हुन सफल शेर्पाले निजी विद्यालयमा मात्र होइन राम्रो अध्ययन गरे सामुदायिक विद्यायलमा समेत राम्रो नतिजा निकाल्न सकिन्छ भन्ने मान्यता स्थापित गरेकी छन । २०७१ सालको जिल्ला स्तरीय निम्न माध्यमिक उर्तीण परीक्षामा समेत सामुदायिक विद्यालय तर्फ ८९ प्रतिशत अंक प्राप्त गरी जिल्ला कै उतृष्ट भएकी थिइन ।

उनकी क्षमता र प्रतिभा जिल्ला मात्र सिमित रहेन । गोल्वाल आई एम ई वैंकले नेपाल अधिराज्य भरीबाट १०० उतृष्ट विद्यार्थीलाई प्रदान गरिने “आकांक्षा” छात्रावृद्धि–२०७२ समेत हात पार्न सफल भइन । बुवा ङिमा खाङडु (साम्याङ ) शेर्पा र आमा लाक्पा छेकी शेर्पाकी जेठी छोरी उनी अहिले सम्म कहिले दोस्रो भइन । घरमा आमा बुबालाई काम सघाउदै अध्ययन गरेकी उनी सानैदेखि सोझी र मेहनती रहेको उनकी बुबा बताउन छन् । सामान्य किसान परिवारकी शेर्पाको कक्षा ८ सम्मको अध्ययन श्री सिहदेवी आधारभूत विद्यालय सान्थाक्रामा भएकी थिइन । उनी पढाईमा मात्र होइन विभिन्न खेलमा समेत अब्बल छिन । ०७३ सालमा इटहरीमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिलका लागि महिला भलिवल तर्फ जिल्लाबाट छनोट भइएकी थिइन । विभिन्न अतिरिक्त क्रियाकलापहरुमा समेत सक्रियतापुर्वक भाग लिने उनी अवका वाकी दिन अध्ययनमा केन्द्रित गर्ने बताउछिन । भविश्यमा विज्ञान विषय लिई अध्ययन गर्ने योजना उनी रहेको छन् । उनकी बुबा साम्याङ पनि छोरीको इच्छा अनुसार विज्ञान विषयलाई पढाउने निधो गरेको बताउछन् । अनुशासित र प्रतिभाशाली छात्राको रुपमा स्थापित गर्न सफल शेर्पाकी बुबाले कक्षा ८ सम्म अध्ययन गर्नु भएको छन् भने आमा सामान्य साक्षर मात्र हुन । त्यसो त दिदीसंगै अध्ययनरत उनीकी बहिनी मिङमा ल्हाकी शेर्पाले पनि ३.३ जिपिएस प्राप्त गरेकी छिन । आसन्न स्थानीय तहको निर्वाचनमा मेरिङदेन गाउँपालिका वडा नं. २ को वडा अध्यक्षको उम्मेद्धारको प्रत्यासी उनको
बुबालाई छोरीको सफलताले थप उर्जा मिलेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय