२८ असार, सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको पहलमा सोलुखुम्बुमा पहिलो पटक दमकल ल्याइएको भोलिपल्ट फाप्लुमा आगलागी भएको छ । मंगलबार दमकल ल्याइएर बुधबार दमकलको प्रदर्शन गरिएको केही घण्टा पछि फाप्लुस्थित बागबानी नजिकै आगलागीका कारण एक घर जलेर नष्ट भएको हो ।

आगलागीवाट गंगा कटवालको घर नष्ट भएको हो । विद्युत सर्ट भएका कारण आगलागी भएको बताइएको छ । दमकल घटनास्थल नजिक पुगेको भएपनि सडकको व्यवस्था नहुँदा प्रयोगमा आउन सकेन ।
नगर क्षेत्रमा बर्षेनी आगलागीको घटना नरोकिएपछि सोलुदुधकुण्ड नगरपालिकाले पहिलो पटक सोलुखुम्बुमा दमकल भित्र्याएको हो ।
नगरपालिका भित्र बस्ती विकासको क्रम तिब्र रुपमा अघि बढेको र बर्षेनी नगरभित्र आगलागीवाट करोडौंको क्षति हुने क्रम समेत नरोकिएकोले क्षति कम गर्न दमकल ल्याइएको कार्यकारी अधिकृति इन्दिरा थापाले जानकारी दिइन् ।

 नगर भित्र र सडकको व्यवस्था भएको ठाउँमा तत्काल दमकलले का मगर्न सकिने नगरप्रमुख नाम्गेल जाङबु शेर्पाको भनाई छ । नगरपालिका भित्रको सडकको स्तारोन्नतीका साथमा हरेक बजार क्षेत्रमा दमकल पु¥याउनका लागि कार्य गर्ने समेत उनले बताए ।
स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएको ५२ लाखसमेत गरी ५३ लाख ९५ हजारको लागतमा दमकल खरीद गरिएको सोलुदुधकुण्ड नगरपालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी योग्यप्रसाद राईले जानकारी दिए ।
४ हजार पाँच सय लिटर क्षमताको दमकलले ५५ मिटर टाढासम्मको आगो निभाउने कार्य गर्न सक्नेछ । दमकलको दिगो प्रयोग र व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरी अघि बढ्ने नगरपालिकाको योजना रहेको छ । दमकल ल्याउनु राम्रो भएपनि साँघुरो सडक तथा अस्तव्यस्त बजारका कारण आवश्यक पर्दा प्रयोगमा ल्याउन समस्या हुने देखिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय