१० माघ, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ । त्यसपछि तत्काल पानी पानी पर्ने सम्भावना नदेखिएको मौसमविद विभुति पोखरेलले बताइन् ।

उनले भनिन्, ‘अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पार्ने सिस्टम प्रवेश गरेको हो । यो आज दिनभर देशभरी सक्रिय हुन्छ ।’
मौसमविद पोखरेलका अनुसार काठमाडौंमा गत डिसेम्बरपछि पहिलोपटक बुधबार पानी परेको हो । त्यतिबेला शून्य दशमलव १ मिलिमिटर पानी परेको थियो । आज परेको पानीको मापन भने विभागले गरिसकेको छैन । तर काठमाडौंमा बाक्लो पानी पर्ने सम्भावना भने छैन ।

काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । अछाममा असिनासमेत परेको छ भने डोटी, दिपायल, दाङलगायतका स्थानमा पानी परेको छ ।
पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ । पानी परेकाले काठमाडौंको धुवाँधुलो कम हुने र भोलिदेखि आकास खुल्ला रहने मौसमविदको भनाइ छ ।
-अनलाईन खबर बाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय