निम्लेकी, नेपालमा मौरीपालन र मह उत्पादनको प्रचुर सम्भावना र बजार पनि राम्रो भएको ब्यवसायीहरुको भनाइ छ । उनीहरुले महको बजार अझ बढाउन सरकारले दिएको अनुदानसंगै उपकरण र अनुगमनमा पनि जोड दिनुपर्नेमा उनीहरु बताउछन छन् । महको महत्व बारे नागरिकमा जनचेतना तथा उपकरणमा थप जोड दिए मह ब्यवसाय पनि देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उनीहरुको बताएका छन ।
नेपाल कृषि प्रदान देश हो र आधा भन्दा बढी नागरिक कृषिमा निर्भर छन । तर, निर्वाहमुखी र परम्परागत प्रणालीका कारण नत कृषकले उचित लाभ लिन सकेका छन् न त देशले नै । तर, कृषिमा आधुनिकीकरणको फराकिलो रुप नेपालको मौरी पालन बन्दै गएको छ । कुनै बेला घरको भm्याल वरीपरी काठको ढू“डमा सीमित मौरीपालन र मह उत्पादन अहिले व्यवसायिक रुपमा फस्टाइरहेको छ । महको महत्व बुझाउने उद्देश्यले काठमाडौको भृकुटीमण्डपमा दोस्रो मह महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न जिल्लाका ब्यवसायीहरुले आफनो उत्पादन प्रदर्शनमा राखेका छन् । एक तथ्यांकअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६ सय मेट्रिक टन मह उत्पादन हुन्छ । वार्षिक रु दुई अर्बको मह निर्यात हुने गरेको तथ्याङ्क छ । मौरीपालनबाट करिब चार हजार घरपरिवार र करिब १० हजार जनसंख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् । सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषण गरेको छ । नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन गर्न सकिने भए पनि ब्यवसायिक रुपमा एपिससेराना र मेलिफेरा दुई जातको मौरीहरुबाट मह उत्पादन गरिरहेको प्राविधिकहरु बताउछन । मौरीपालन थोरै लगानीमा छोटो समयमा सा“वा उठाउन सकिने तथा नेपालको हावापानी र प्राकृतिक हावापनी मौरीपालनका लागि सुहाउ“दो भएको मौरी पालन विकास शाखा गोदावरीका प्राविधिक सुवास खनालले जनाकारी दिए ।
नेपालमा मौरीपालन तथा मह उत्पादन वार्षिक रुपमा वृृद्धि हुन्दै गएको र अझ आधुनिक उपकरणहरुको प्रयोगमा जोड दिई यसलाई विस्तार गर्नु आवश्यक रहेको नेपाल केन्द्रिय मौरी पालन ब्यवसाय संघका सदस्य धर्मराज श्रेष्ठले बताउनुभयो ।
मौरीपालन ब्यवसायलाई अझ विस्तार गरी महको महत्वलाई बुझाउनु सके नेपाली बजारमा नेपाली बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारसम्म नेपाली महनिर्यात गर्न सक्ने ब्यवसायीहरुको भनाइ छ । नेपालमा सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजारमा र केरेनाको रु ७ सयदेखि रु एक हजार र मेलिफेराको रु ४ सयदेखि रु ५ सयसम्म बिक्री हुन्दै आएको छ । विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालीको औसत प्रतिव्यक्ति ५० ग्राम मह खाने गरेको तथ्याङ्क छ । यद्यपि प्रत्येक नेपालीले दैनिक ७५ ग्राम मह खाने हो भने हाल उत्पादन भइरहेको महले धान्न सक्दैन । तर, अहिले उत्पादन भइरहेको महले नेपाली बजारसमेत धान्न नसक्ने अवस्था छ । अझ विदेशमा उच्च माग रहेकाले त्यो पूरा गर्न नेपालमा मह उत्पादनलाई अझ वृद्धि गर्नुपर्ने देखिन्छ । त्यसका लागि यस्ता मेला र महोत्सवहरुले टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । महोत्सव असार २९ सम्म चल्ने र ५० लाख बराबरको कारोबार हुने आयोजकको आशा छ ।