हिमाली सन्देश- काठमाडौं असोज २३/प्रथम विश्व शेर्पा सम्मेलन काठमाडौंको लाजिम्पाट स्थित होटल रेडिसनमा अायोजना हुँदै गर्दा कार्यक्रममा खाडी मुलुकबाट आएका प्रतिनिधिहरुलाइ बोल्ने अवसर नदिएको भन्दै आक्रोस पोखेका थिए।विश्वका २२ वटा देशका शेर्पा प्रतिनिधिहरूको सहभागीता रहेको उक्त कार्यक्रमको शिर्षक विश्व शेर्पा सम्मेलन राखिएता पनि सम्मेलनको झल्को भने विश्व शेर्पा सम्मेलनमा नभएको र विभिन्न देशका प्रतिनिधिहरुलाई स्वागत समेत नगरिएकोमा प्रतिनिधिहरुले दुख व्यक्त समेत गरेका थिए । सोही कार्यक्रममा युरोपवाट अाएका प्रतिनिधिहरुलाई एकएक गरि मन्तव्य राख्न दिएता पनि मलेसिया, युएई, बहराइन, कतार, साईप्रसबाट अाएका प्रतिनिधिहरु लाई एक शब्द पनि मन्तव्य राख्ने मौका नदिएकोमा शेर्पा किदुग मलेसियाका अध्यक्ष ङावाङ नुरी शेर्पाले अाक्रोस पोखेका थिए। कार्यक्रमका उत्घोषक ङावाङ सोनाम शेर्पाले कार्यक्रमको तालिका बिश्व शेर्पा सम्मेलनका कार्यक्रम संयोजक तथा नेपाल शेर्पा संघ अध्यक्ष आङ दोर्जी शेर्पाले तयार पारिएको भनेपछि मलेशियाका प्रतिनिधि ङावाङ नुरी शेर्पाले झोकिदै आङ दोर्जी शेर्पालाई आक्रोस पोख्दै हामी खाडी मुलकका शेर्पाहरु चाहि शेर्पा हैनर भन्दै भनेपछि कार्यक्रम संयोजक आङ दोर्जी शेर्पाले प्रतिनिधि ङावाङ नुरी शेर्पा संग माफी मागेको बताइएको छ।
(शेर्पा सन्चार खोटाङ्को सहयोगमा)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय