शेरसाङ्गे शेर्पा खिजिदेम्बा ओखलढुंगा,खिजिदेम्बाको ब्यापारिक केन्द्र तथा गाउँपालिकाको साझबिन्दु खिजिफलाटे बजारको अव्यवस्थित फोहोरलाई व्यवस्थापन गरिएको छ। पटकपटक फोहोर ब्यवस्थापनमा स्थानीय वासिन्दा र पर्यटन व्यावसायिकहरुको कडा दबाब आएपछि फोहोर व्यवस्थापन गरिएको जनाइएको छ। यस अघि साप्ताहिक रूपमा लाग्ने बुधबारे हटिया बजारबाट निस्केको फोहोर र त्यहीँ सदैव बसोबास गर्ने जनसमुदायले फोहोर फाल्ने ठाउँ नहुदा बजारको आसपासको खोल्सोमा बियर र सिसाका बोतल लगायत अन्य फोहोर हरु फल्ने गरेको पाइन्छ।दैनिक रूपमा प्रयोगमा आएका समानहरुबाट निस्केको फोहोरलाई व्यवस्थापन गर्ने ठाँउको अभाव भएपछि स्थानीय र व्यापारीहरुले जथाभावी फोहोर फल्ने गरिएको थियो।
काम गर्दै जादा ढिलो चाडो र प्रक्रियागत ढंगले हुने खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेद बहादुर रोकाले बताउनुभयो।उहाँका अनुसार खिजिदेम्बा बजार आसपासका स्थानीय र व्यापारीहरुले फोहोर फल्ने ठाउँको अभावमा जथाभावी फोहोर गरेको दावी गर्नुभयो।खिजिफलाटे बजारबाट निस्किने फोहोर व्यवस्थापनका लागि फोहोर फल्ने ठाउँ व्यवस्था गर्नका लागि जग्गाको खोजी भइ रहेको बताइएको छ। अध्यक्षका अनुसार खिजिदेम्बा-५ खिजिफलाटे बजारमा रहेको सर्बजनिक सौचालयको प्रयोगका लागि पानीको व्यवस्था गर्ने प्रक्रियामा रहेको समेत जनाइएको छ।यस अघि सार्बजनिक सौचालय भएपनि पानीको अभाव रहेको थियो।फोहोरका कारण साप्ताहिक रूपमा लाग्ने बुधबारे बजारमा आउने सर्वसाधारण र व्यापारीहरुलाई निकै सास्ती खेप्नुपरेको थियो।
बजारको फोहोर व्यवस्थापनले खिजिदेम्बा घुम्न लायक र सफा देखिएको खिजिदेम्बा -5 का स्थानीय वासिन्दा तथा फुलमती माबिका पुर्व प्रधानध्यापक भलाराम सुनुवारले बताउनुभयो।उहाँका अनुसार खिजिदेम्बाको फलाटे बजार सरसफाइ गर्नका लागि आम स्थानीय वासिन्दाले पनि आफुले प्रयोग ल्याएको फोहोरलाई निश्चित ठाउँमा व्यवस्थापन गर्न सकेमा फोहोर लाई कम गर्न सकिने बताइएको छ।
खिजिदेम्बा-५ को फलाटे बजारको आसपासका खोल्सोमा फालिएको फोहोरको बारेमा कडा दबाब र स्थानीय सञ्चार माध्यममा समेत समाचार प्रकाशन भएपछि गाउँपालिकाले फोहोर व्यवस्थापन गरिएको थियो।