डोमा शेर्पा /-काठमाडौं, माघ ६ । हिमाली आदिवासी जनजाती शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसार “मे मो च्या लो २१४४” को अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले लोसार गुथुक साझ गर्ने भएको छ ।
लोसार शेर्पा समुदायले पुरानो सालको विदाइ गर्दै नया बर्ष आगमनलाई स्वागत गर्न मनाउने गरिन्छ ।
केन्द्रले बार्षिक रुपमा आयोजना गर्दै आएको लोसार गुथुक साझ बृहत स्याब्रु प्रतियोगिता, स्वा. साम्दे शेर्पा स्मृति वक्त्तृत्वकला प्रतियोगिता यस बर्ष सिफल मैदान गौशलामा गर्न लागेको बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले खवर विहानी अनलाइनलाई जानकारी दिइन । उनले लोसारलाई बृहत रुपमा मनाउनका लागि पुर्व तयारी भइ रहेको पनि जानकारी दिइन । गत बर्ष महाभुकम्पले गर्दा लोसार मनाउन नपाएकोमा यस बर्ष लोसारलाई सभ्य र भव्य रुपमा मनाउन लागेको उनले बताइन ।
तिन दिने लोसार गुथुक साझमा पहिलो दिन उत्घाटन, दोस्रो दिन बृहत स्याब्रु प्रतियोगिता र साम्दे शेर्पा स्मृति बक्त्तृत्व कला प्रतियोगिता र तेस्रो दिन समापन कार्यक्रम रहेको छ । कार्यक्रमलाई सफल पार्न केन्द्र लागि परेको छ ।
हिमालयन शेर्पा सांकृतिक केन्द्रले शेर्पा भाषा, कला, सांस्कृतिको संरक्षण एव सवर्धन गर्न शेर्पा भाषा, स्याब्रु नृत्य प्रशिक्षण दिदै आइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय