निम्लेकी शेर्पा
सोलुखुम्बु छुनाक्पु भइ हाल बौद्धमा बस्दै आएकी छोङ ल्हमु शेर्पाले आफनो २७ महिने छोराको उपचारको लागि सहयोग अपिल गरेकी छिन । आफनो २७ महिने छोरा दावा साङगे शेर्पा बिगत लामो समयदेखि हेमनजियोमा Hemangioma नामक टियुमर रोगबाट पिडित छन । बालक जन्मदा सानो हरियो दाग मात्र थियो । तर यो समयसंगै बढेर बिकराल रुप लिन थालेपछि उपचारका लागि धेरै ठाउहरु धाए तर कहि पनि राम्रो उपचार नभएपछि करिब ३ महिना अगाडि छोराको उपचारका लागि काठमाडौ आएकी हुन । काठमाडौमा रहेको सुस्मा मेमोरियल अस्पतालमा उपचार गरेको र उनीहरुले समेत यो रोगको चाडो उपचार नहुने र बालकको उपचारको लागि दिल्ली स्थित एम्स (AIIMS) अस्पतालमा लान भने तर आफुले गाउँबाट ऋण गरेर लिएको पैसा सबै सकेपछि केहि गर्ने तौर तरिका नआएपछि यतिकै बसिन । आर्थिक नै नभएपछि गरोस पनि के आर्थिक अभाबकै कारण बालकको उपचारमा अलमल परेर बसिन । तर बौद्धमा नै बस्दै आएका एक स्थानिय युवा र तथा बिभिन्न युवाहरुको पहलमा ढिलाइ भइरहेको भन्दै उनीहरुले बौद्ध भित्र नै रकम संकलन गर्न थाले । उपचारको लागि करिब १० लाख लाग्ने भनिएको छ । अहिले आधा रकम संकलन भइ सकेको र अझै आधा रकम नपुगेकोले सहयोग गर्न अनुरोध गरेकी हुन् । सहयोग गर्न चहानुहुने महानुभावहरुले आमा छोङ ल्हमु शेर्पाको सिद्धार्थ बैकमा रहेको खाता नम्बर 02415146063 swift code SIDDNPKA मा रकम पठाउन सक्ने छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित