जनसेवा अधारभूत विद्यालय सानो गुमेलामा कक्षा ८ सञ्चालनका निम्ति अनुमति प्रप्ता भएको छ । खुम्बु पासाङ्ग ल्हमु गाउँपलिकाको दोस्रो सभाले गाउँपालिका वाड ३ सानो गुमेलामा रहेको विद्यालयलाई सो अनुमति प्रधान गरिएको हो । जनसेवा आधारभूत विद्यालयमा हाल कक्षा सात सम्म अध्ययन भई रहेको र नयाँ शैक्षिक सत्रबाट कक्षा ८ सञ्चालनका लागि अनुमति दिएको जनाएको छ । जसबाट फाक्दिङ, टोक टोक, सानो गुमेला, ठूलो गुमेला, राङदिङ, घाट, छुसेर्मा, मञ्जो लगायतका विद्यार्थी लाभाम्वित हुने छ ।

करिव १२० भन्दा बढी विद्यार्थी अध्ययन गरि रहेको विद्यालयको ३९ आँै अभिवाभक दिवस तथा वार्षिक परिक्षाफल प्रकाशन कार्यक्रममा प्रमुख अतिथि खुम्बु पासाङ्ग ल्हमु गाउँपालिकाको प्रबक्त लाक्पा छिरी शेर्पाले सो अनुमति प्रदान गरिएको गोषण गनु भयो । खुम्बु पासाङ्ग ल्हमु गाउँपालिकाले गाउँ विकाश गर्न सबैभन्दा पहिला शैक्षिक क्षेत्रको विकाश गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य कामी सार्की शेर्पा, हिमालयन ट्रसका ईश्वरमान राई, गाउँपालिका ३ का सदस्य तथा शिक्षा समितिका सदस्य उमा विश्वकर्मा, वाड ३ का सदस्य दाल्हमु शेर्पा, विद्यालय व्यावस्थापन समितिका सदस्य, शिक्षक, अविभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय